Wednesday, 18 April 2012

शान्ति तिमी आइदेउ

                                   लालीगुराँश

शान्ति तिमी आइदेउ, छाएदेउ जगत भरी
चट्टान फोरी आइदेउ घाम झैं किरण छरी  -१

झ्यालबाट च्याउ तिमी, ढोका खोली भित्र जाऊ
बर्षौ रगतमा डुबेकी आमालाई हँसाऊ  -२

शहिदहरु निदाउन्नन् खोज्दैछन् तिमीलाई
िफंजाइ सुख शन्देस ढुक्क पार सबैलाई  -३

वुद्धको नासो हौ तिमी, नजाउ है टाढा टाढा
भरोसा तिमी मै छ तिमी मै छ विश्वास गाडा  -४

भन्छन् तिम्रो रुपरंग छैन, तर हामी जान्दछौं
उड्ने सेता परेवालाई तिम्रो रुप मान्दछौं  -५

No comments:

Post a Comment