Saturday, 28 April 2012

म शहिदकी पत्नी

                                                           लालीगुरांश
जिवनकै रमाइलो र उल्लासमय माहोलमा
तिमीले सिउँदोमा सिंदुर भरिदिँदा
पोल्टामा नअट्ने खुशी पाएको अनुभुति गरेकी थिएँ
समयको एक कोल्टो पछि
प्रकृतिको वरदान आमा बन्ने अवसर पाउँदा
आफुलाई धर्ती नै ठानेकी थिएँ
समयले अर्को कोल्टो फेर्दा
बैगुनी बतासले खबर सुनायो
तिमी रहेनौ, शहिद भयौ रे भनेर
खबर सुन्दा त लाग्यो आफु पनि त्यही बाटो जाउँ
तर सम्झें तिमी मेरो प्राण भए पनि
त्यस अघि यस धर्तीको छोरो हौ
मेरो भन्दा कता हो कता बढी
यस धर्तीको अधिकार छ तिमी माथि
त्यसैले यस्तो नजाती खबर सुन्दा पनि
म रोइन बरु तिमो्र जिवनले अर्थ पाएको जस्तो लाग्यो
सत्य पि्रय म कत्ति पनि सुर्ताइन रोइन
तिमो्र मृत्युको खबरले
मलाई लाग्यो यो मृत्यु
तिमो्र मुक्ति र पुनरजन्म हो
बरु तिमी त धन्य रहेछौ
एक चोलाबाट निर्वाण पायौ।

आँखा त रोएनन् पि्रय
तर तिमीले रंगाइदिएको सिउँदोले
रगतको आँशु रोईदिँदा
घरि घरि निश्च्छल ऐनाले
यो बाँजो सिउँदोलाई गिज्याइदिँदा
अनि हामो्र सन्तानले अजान भाषामा
बाबाबाबा आवाज निकाली खेलीदिँदा
तिमो्र याद र अभावले पिरोली दिन्छ
छाती पोल्छ मन भक्कानिन्छ
अनि अनायासै आँखाबाट मेची काली उर्लिदिन्छ
तर पि्रय अहँ म रोएको भने होइन
त्यो त कुना कानी जमेको फोहोर
सफा गरेको मात्र हो।

म रोएर तिमी र तिमो्र आत्मालाई
कमजोर बनाउन चाहान्न
बरु तिमो्र स्वबभिमान र हिम्मतकै
बाटोमा हामो्र सन्तानलाई हिँडाउनेछु
अहिले टाढा भएर के भयो त
समय को अर्को कोल्टोमा
म तिमीलाई भेट्न अवश्य आउनेछु
एक्लै हुँदाका तिता मिठा
सबै अनभुतिहरु बाँड्नृ छु सुनाउने छु।

तिमो्र शरिर नासिएर गए पिन
तिमो्र आत्मा र जजल्को म संगै छ
मैले दु ख हण्डर खाएर के भयो त
म खुशी अनि सुखी छु
तिमो्र शालिकमा फुल माला
अनि अबीर सजिएको देख्दा
यस्ता घटनाहरुले मेरो मन रमाउँछ
र केही काल अघि तिमीले यही रंगले
मेरो सिउँदो रंगाइदिएकॊ जजल्को गराउँछ।
यस्ता सुन्दर र मिठा जजल्कामा डुब्दा
आँखाले दिउँसै सपना देख्न थाल्छन्
म तिमीमा हराउन पुग्छु
कल्पना मै तिमीसँग पि्रती साट्न थाल्छु
कल्पनै बिथोल्ने गिर
ँवीर शहिद अमर रहुन’ ध्वनी गुाजीदा
जस्कीएर गथार्थमा फर्कन्छु
अनि आँखाबाट खुशीका आँशु जार्दै
तिमीतिर हेरी मुसुक्क हाँसेर
आफ्नो बाटो लाग्छु
तिमो्र आत्माको चिर शान्तिको कामना गरी
यही हो मेरो जिवनको यथार्थता
म शहिदकी पत्नी
यही हो मेरो जिवनको यथार्थता
म शहिदकी पत्नी 

Wednesday, 18 April 2012

शान्ति तिमी आइदेउ

                                   लालीगुराँश

शान्ति तिमी आइदेउ, छाएदेउ जगत भरी
चट्टान फोरी आइदेउ घाम झैं किरण छरी  -१

झ्यालबाट च्याउ तिमी, ढोका खोली भित्र जाऊ
बर्षौ रगतमा डुबेकी आमालाई हँसाऊ  -२

शहिदहरु निदाउन्नन् खोज्दैछन् तिमीलाई
िफंजाइ सुख शन्देस ढुक्क पार सबैलाई  -३

वुद्धको नासो हौ तिमी, नजाउ है टाढा टाढा
भरोसा तिमी मै छ तिमी मै छ विश्वास गाडा  -४

भन्छन् तिम्रो रुपरंग छैन, तर हामी जान्दछौं
उड्ने सेता परेवालाई तिम्रो रुप मान्दछौं  -५

Tuesday, 10 April 2012

हिउँ

                              लालीगुरांश
आहा कति राम्रो सेतो हिउँ
फुर्र फुर्र उड्छ आकाशमा
यता उता भौतारीन्छ चिसो चिसो बतासमा
बाटो नदेखी ठोक्कीदै हतार हतारमा ।


हेरौं हेरौं लाग्ने अनि छोउँ छोउँ लाग्ने
हातमा लिई खेलाउँदा पग्लीएर बग्ने
कति सुन्दर रंग यसको दुध जस्तो सेतो
खाँदा पनि मज्जा आउने पानी जस्तो चोखो ।


धुला मैला जमीन माथि च्यादर हाले जस्तो
देख्दा कति अमुल्य छ तर चीज कति सस्तो
खस्दा खेरी रुवा जस्तो छुँदा कस्तो कस्तो
आकाशबाट बर्षदा लाग्छ प्युरी खसे जीतो ।


घामसंग डराउँदै लुकामारी खेल्छ
घामको किरण पर्यो भने बिलाएर भाग्छ
आकाशमा सयर गर्छ उड्छ हावासंगै
जता जता ठण्डा छ पछ्याउँछ तेतै ।


आहा कति राम्रो सेतो हिउ......