लालीगुरांश (सिर्जना भण्डारी)
हरिगुरु भजन
प्रभु !
सृष्टिदेखि तिमी मभित्रै रहेछौम तिमीभित्रै रहेछु, थाहा पाएं बल्ल
जव तिमीलाई आफैंभित्र भेटाएं
तिम्रै जगमग ज्योतिमा झिलमिलाएं ।
दुर्लव तिम्रो त्यो स्वरुप देखेर
तिम्रै भक्तिमा मेरो हृदय रसाएं
तिम्रो साथ अनि आफ्नो पनमा
मेरो सारा जीवन बिसाएं ।
तिमीले अपनायौ आफ्नै अंश ठानेर
धन्य भएं म ब्रम्हाण्डै पाएर
तिम्रै समिपमा बितोस सारा जीवन
तिम्रै माथको ज्योति बनोस यो मन ।
तिम्रो उपस्थिति आकाश समान
तिमीभित्रै हराउदैछु मलाई आफ्नै ठान
जानु छैन अव कतै तिमीबाट टाढा
तिमीमै गहिरिदैछु भक्ति बनोस अझै गाडा ।
प्रभुनै सहारा, प्रभुनै सर्वव्यापक, महान
तिमीनै तिमी नजरमा जहाँ–जहाँ म जाउँ
छैन पाउन बाँकी अव केही यो मनमा
प्रेमको अमर फूल फुलिरहोस हाम्रो जीवनमा ।
प्रभु !
सृष्टिदेखि तिमी मभित्रै रहेछौ
म तिमीभित्रै रहेछु, थाहा पाएं बल्ल
जव तिमीलाई आफैंभित्र भेटाएं
तिम्रै जगमग ज्योतिमा झिलमिलाएं ।