हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
शिवको दिव्य चरणमा मेरो शिर चढोस्
शिवको निस्काम सेवामा मेरो दिन ढलोस्
शिव आदी हुन्, शिव अन्त्य हुन्
शिवनै अस्तित्व हुन्, शिवनै ब्रह्म हुन् 
शिवकै दिव्य नाम सुमिरौं म हरदम्
शिवोहम् शिवोहम् शिवोहम् 
शिवोहम् शिवोहम् शिवोहम् !!
शिवको दिव्य आराधना मेरो भक्ति बनोस्
शिवको दिव्य प्रेम मेरो प्राप्ति बनोस्
शिव परमात्मा हुन्, शिव चेतना हुन्
शिवनै पुण्य हुन्, शिवनै मोक्ष हुन्
शिवकै दिव्य साथमा रमिरहुँ म हरदम्
शिवोहम् शिवोहम् शिवोहम् 
शिवोहम् शिवोहम् शिवोहम् !!
शिवको दिव्य छवि मेरो हृदयमा बनोस्
शिवको दिव्य शक्ति मेरो कर्ममा रहोस्
शिव कृपा हुन्, शिव क्षमा हुन्
शिवनै दया हुन्, शिवनै प्रेम हुन्
शिवकै दिव्य प्रेम बाँडिरहुँ म हरद
शिवोहम् शिवोहम् शिवोहम् 
शिवोहम् शिवोहम् शिवोहम् !!