Sunday, 28 January 2024

ध्यान भन्छ...

 लालीगुरांश  (सिर्जना भण्डारी) 


मलाई सेवन गर, स्वाश्थ्यमा म सर्वोत्कृष्ट औषधि हुँ मलाई अध्ययनमा लगाउ, विद्यामा म सर्वोत्कृष्ट प्रज्ञा हुँ मलाई हृदयमा समाउ, सम्वन्धमा म सर्वोत्कृष्ट प्रेम हुँ मलाई आराधना गर, पूजामा म सर्वोत्कृष्ट भक्ति हुँ मलाई अनुशरण गर, अशुसासनमा म सर्वोत्कृष्ट विनम्रता हुँ मलाई जीवनशैली बनाउ, जीवनमा म सर्वोत्कृष्ट खुशी हुँ मलाई श्रमिक बनाउ, कर्ममा म सर्वोत्कृष्ट कर्मी हुँ मलाई अभ्यास बनाउ, सिकाइमा म सर्वोत्कृष्ट प्रशिक्षक हुँ मलाई आर्जन गर, समृद्धिमा म सर्वोत्कृष्ट धन हुँ मलाई सबैमाझ फैलाउ, परोपकारमा म सर्वोत्कृष्ट समाजसेवी हुँ मलाई भिडमा लैजाउ, अव्यवस्थामा म सर्वोत्कृष्ट व्यवस्थापक हुँ मलाई ज्ञानगंगा मान, प्रतिभामा म सर्वोत्कृष्ट आविश्कार हुँ मलाई खोज गर, अनुसन्धानमा म सर्वोत्कृष्ट विज्ञान हुँ मलाई आफूभित्र खोज, चेतनाको म सर्वोत्कृष्ट प्रकाश हुँ मलाई प्रकृतिमा खोज, ब्रह्मण्डको म सर्वोत्कृष्ट चालक हुँ मलाई दुत बनाउ, विश्वशान्तिको म सर्वोत्कृष्ट प्रतिक हुँ! मलाई दुत बनाउ, विश्वशान्तिको म सर्वोत्कृष्ट प्रतिक हुँ!!

Tuesday, 23 January 2024

गुरुदेव तिमीलाई निराकार बह्मको आकारमा देखुं

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


मेरो हृदयको आकर्षक मधुवनमा
गुरुदेव तिमीलाई सुगन्धित फूल देखुं
मेरो हृदयको विशाल चिदाकाशमा
गुरुदेव तिमीलाई चम्किलो प्रकाश देखुं
मेरो हृदयको निराकार आत्मगुफामा
गुरुदेव तिमीलाई बह्मको आकार देखुं
मेरो हृदयको शितल चौतारीमा
गुरुदेव तिम्रो विश्राम शैया देखुं
मेरो हृदयको कंचन पधेरीमा
गुरुदेव तिम्रो स्नान कक्ष देखुं
मेरो हृदयको अन्त्यहिन गोरेटोमा
गुरुदेव तिम्रा प्रकाशित कदमहरु देखुं
मेरो हृदयको विशाल भूमिमा
गुरुदेव तिम्रो प्रज्ञाको हरयाली देखुं
मेरो हृदयको निशव्द ध्वनिमा
गुरुदेव तिम्रो भावपूर्ण स्वर सुनुं
मेरो हृदयको निश्छल तरंगहरुमा
गुरुदेव तिम्रो सुस्त वहाव देखुं
मेरो हृदयको पवित्र वायुमण्डलमा
गुरुदेव तिम्रो स्वस्फूर्त उडान देखुं
मेरो हृदयको मन्द अग्निमा
गुरुदेव तिम्रो प्रज्वलित उर्जा देखुं
मेरो हृदयको भावपूर्ण पराभक्तिमा
गुरुदेव तिम्रो आर्शिवादको इशारा देखुं
मेरो हृदयको सानो कुनामा
गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं । 

मेरो हृदयको सानो कुनामा
गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं ।।

Sunday, 21 January 2024

गुरुदेव तिमीलाई निराकार बह्मको आकार स्वरुपमा देखुं

  रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 

मेरो हृदयको आकर्षक मधुवनमा गुरुदेव तिमीलाई सुगन्धित फूल देखुं
मेरो हृदयको विशाल चिदाकाशमा गुरुदेव तिमीलाई चम्किलो प्रकाश देखुं
मेरो हृदयको निराकार आत्मगुफामा गुरुदेव तिमीलाई बह्मको आकार देखुं
मेरो हृदयको शितल चौतारीमा गुरुदेव तिम्रो विश्राम शैया देखुं
मेरो हृदयको कंचन पधेरीमा गुरुदेव तिम्रो तिर्खा मेटिएको देखुं
मेरो हृदयको अन्त्यहिन गोरेटोमा गुरुदेव तिम्रा प्रकाशित कदमहरु देखुं
मेरो हृदयको विशाल भूमिमा गुरुदेव तिम्रो प्रज्ञाको हरयाली देखुं
मेरो हृदयको निशव्द ध्वनिमा गुरुदेव तिम्रो भावपूर्ण स्वर सुनुं
मेरो हृदयको निश्छल तरंगहरुमा गुरुदेव तिम्रो सुस्त वहाव देखुं
मेरो हृदयको पवित्र वायुमण्डलमा गुरुदेव तिम्रो स्वस्फूर्त उडान देखुं
मेरो हृदयको मन्द अग्निमा गुरुदेव तिम्रो प्रज्वलित उर्जा देखुं
मेरो हृदयको भावपूर्ण पराभक्तिमा गुरुदेव तिम्रो आर्शिवादको इशारा देखुं
मेरो हृदयको सानो कुनामा गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं । मेरो हृदयको सानो कुनामा गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं ।।