Tuesday, 24 December 2024

प्रभुको याद जीवनको सार

                       लालीगुरांश  (सिर्जना भण्डारी)

हरिगुरु भजन

प्रभु !

सृष्टिदेखि तिमी मभित्रै रहेछौ
म तिमीभित्रै रहेछु, थाहा पाएं बल्ल
जव तिमीलाई आफैंभित्र भेटाएं
तिम्रै जगमग ज्योतिमा झिलमिलाएं ।

दुर्लव तिम्रो त्यो स्वरुप देखेर
तिम्रै भक्तिमा मेरो हृदय रसाएं
तिम्रो साथ अनि आफ्नो पनमा
मेरो सारा जीवन बिसाएं ।

तिमीले अपनायौ आफ्नै अंश ठानेर
धन्य भएं म ब्रम्हाण्डै पाएर
तिम्रै समिपमा बितोस सारा जीवन
तिम्रै माथको ज्योति बनोस यो मन ।

तिम्रो उपस्थिति आकाश समान
तिमीभित्रै हराउदैछु मलाई आफ्नै ठान
जानु छैन अव कतै तिमीबाट टाढा
तिमीमै गहिरिदैछु भक्ति बनोस अझै गाडा ।

प्रभुनै सहारा, प्रभुनै सर्वव्यापक, महान
तिमीनै तिमी नजरमा जहाँ–जहाँ म जाउँ
छैन पाउन बाँकी अव केही यो मनमा
प्रेमको अमर फूल फुलिरहोस हाम्रो जीवनमा ।

प्रभु !
सृष्टिदेखि तिमी मभित्रै रहेछौ
म तिमीभित्रै रहेछु, थाहा पाएं बल्ल
जव तिमीलाई आफैंभित्र भेटाएं
तिम्रै जगमग ज्योतिमा झिलमिलाएं ।

Saturday, 14 December 2024

'ध्यान' तिमीलाई अनन्त साधुवाद !

 लालीगुरांश  (सिर्जना भण्डारी)

हरिगुरु भजन



निष्पट्ट अज्ञानी थिएं
ज्ञानको मूलज्योति ध्यान
तिमी आयौ जीवनमा
ज्ञानको अमृत पिलायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

शरीरमा हराएको थिएं
कर्मको मूलपाठ ध्यान
तिमी आयौ कर्ममा
कर्मको विज्ञान बुझायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

मनमा अलमलिएको थिएं
आत्मज्ञानको मूलाभ्यास ध्यान
तिमी आयौ विचारमा
वास्तविक ‘म’ चिनायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

भावनामा बिलाएको थिएं
परमसत्यको मूलश्रोत ध्यान
तिमी आयौ भावमा
भक्तिको रसमा डुबायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

मायानगरीमा अड्कीएको थिएं
दयालु तारणहार ध्यान
तिमी आयौ जीवनमा
परालौकीक संसार चिनायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

सम्वन्धहरुमा विरक्तिएको थिएं
प्रेमल परममित्र ध्यान
तिमी आयौ जीवनमा
आफैंलाई खोज्न सिकायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

भिडमा दिशाबिहिन थिएं
सही दिशानिर्देशक ध्यान
तिमी आयौ जीवनमा
जीवनको लक्ष्य सिकायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

प्रतिस्पर्धामा रुमल्लिएको थिएं
स्पष्टताको प्रतिक ध्यान
तिमी आयो जीवनमा
आफूमै सबैलाई देखायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

अहंकारले भरिएको थिएं
सरलताको प्रतिक ध्यान
तिमी आयौ जीवनमा
सबैमा आफूलाई देखायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

सबै तिमीलाई चाहन्छन्
सबैको जीवनमा आऊ
सबैलाई स्वशासन सिकाउ
जीवन धन्य बनाउ
आफ्नो किर्ति फैलाउ
विश्वमा शान्ति ल्याउ
सबैलाई परमसत्य चिनाउ !

आफ्नो किर्ति फैलाउ
विश्वमा शान्ति ल्याउ
सबैलाई परमसत्य चिनाउ !!


Friday, 18 October 2024

आउ गरौं हाम्रो मिलन ।

           लालीगुरांश  (सिर्जना भण्डारी)

हरिगुरु भजन

नयाँ साथ नयाँ जीवन
उडौं हामी छोइ गगन
हृदयको दिव्य स्मृतिमा मगन
आउ गरौं हाम्रो मिलन


शरीर होइनौं आत्माको भाव
मनको होइन चेतनाको जाप
छैन कुनै अभावको दवाव
केवल हृदयमा प्रेमको भाव
प्रभु मिलनको यो महालगन
आउ गरौं हाम्रो मिलन

नयाँ साथ नयाँ जीवन
उडौं हामी छोइ गगन........

जगतबाट दुर धेरै दुर
हाम्रो निवास उच्च आकाश
जगमग ज्योति सुर्य समान
मिलौं ब्रम्हमा भइ एकतमाम
प्रभु मिलनको यो महालगन
आउ गरौं हाम्रो मिलन

नयाँ साथ नयाँ जीवन
उडौं हामी छोइ गगन........

 

अव्यक्त अनन्त निराकार त्यहाँ
फैलिएको झिलमिल ज्योति जहाँ
मिलाउँ हाम्रो चेतनाको लहर
प्रभुको निवास वैकुण्ठ जगत

प्रभु मिलनको यो महालगन

आउ गरौं हाम्रो मिलन

 

नयाँ साथ नयाँ जीवन
उडौं हामी छोइ गगन
........

Sunday, 25 August 2024

शिवशक्ति भजन

        लालीगुरांश  (सिर्जना भण्डारी) 


शिवशक्ति भजन

                       


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।


यो पंचतत्वको संगम 'म', 'म' होइन रहेछु

यो अनित्य शरीरको मोह छैन अव मलाई ।


मन म होइन, भाव पनि म होइन

आफूलाई तिमीमै देख्छु प्रभु तिमीमै समाउ मलाई ।


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।


तिमीलाई प्राप्त गरौं, तिमीमै एक होउँ सदालाई

तिमीमै स्थित होउँ, अरु चाह छैन मलाई ।


पंचतत्वमा मिल्नुअघि सेवा, उपकार बाड्न सकौं सबैलाई

तिम्रो सानिध्यता पाइ धन्य बनाउन सकौं आफूलाई ।


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

 श्रीकृष्ण भजन

                       लालीगुरांश  (सिर्जना भण्डारी) 



श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


प्रभु तिम्रो दर्शन पाएपछि आनन्दको वर्षात भयो

तिम्रो आशिर्वाद पाएपछि जीवन मेरो पूर्ण भयो ।


नटुटोस कहिल्यै हृदयमा भगवत भक्तिको यो भाव

कृपा गर प्रभु शिरमा राखि तिम्रो हात ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


तिमीनै छौ स्मरणमा, तिमीनै छौ मनमन्दिरमा दिनरात

तिम्रो सानिध्यको मिठास सदा रहिरहोस मेरो साथ ।


तिमीलाईनै चाहुँ, तिमीलाईनै पाउँ, गाइरहुँ तिम्रै भक्तिगान

तिम्रो प्रेममा डुबिरहुँ सिरानी बनोस तिम्रो काख ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


प्यारो तिम्रो साथमा बढिरहोस प्रेम, भक्तिको रस

आनन्दको वर्षात वर्षिरहोस प्रभु गरिराख हृदयमा वास ।


तिम्रै हात समातेर परमतिरको यात्रा अघि बढोस

तिम्रै वोध भएर जीवन, जगत पार लागोस ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।




   

Sunday, 18 August 2024

पलपल प्रभुको स्मरण

                   लालीगुरांश  (सिर्जना भण्डारी) 


पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

यो हृदयभरि वास छ तिम्रो, तिमीलाई सदा सेवा प्रदान गरिरहन सकौं
यी आँखाभरि तस्वीर छ तिम्रो, यिनलाई समेटी सदा तिमीमै रमिरहन सकौं
मनभरि तिमीनै तिमी छौ, मेरो मनको मालिकलाई सदा रिझाइरहन सकौं ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

वसन्त ऋतुभरि फूलेका छौ तिमी, सुन्दर पुष्पहरु तिम्रो चरणमा समर्पण
मधुमास मौसमभरि झुलेका छौ तिमी, अमृत फलहरु तिम्रो भोगमा समर्पण
मेरो जीवनभरि रंगीएका छौ तिमी, मेरो जीवनको रंग तिमीमा समर्पण ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

मेरा दृश्यभरि तिम्रै सौन्दर्यहरू रम्छन्, तिम्रो रुपको वर्णन म गरिरहुँ
मेरा श्रवणभरि तिम्रै वाणीहरु गुञ्जन्छन्, तिम्रो मिठो मधूरता म सुनिरहुँ
मेरा चाहनाभरि तिम्रै स्पर्सहरुले छुन्छन्, तिम्रो शितल सामिप्यता म पाइरहुँ ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।


Monday, 12 August 2024

शिवनै सवका प्यारा, शिवनै सबका सहारा

                             लालीगुरांश  (सिर्जना भण्डारी)  

भक्तको आस्था आराध्यदेव

कल्याणकारी निलकण्ठ निर्गुणवाला

सर्वपूज्य शिवजी प्यारा

शिरमा चन्द्रमा चम्किरहने

जटाबाट गंगा बहिरहने

डमडम डमरु बजिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

कैलाशवासी शिवशक्ति स्वरुप

अदृश्य अदम्य शक्तिवाला

निराकार शिवजी प्यारा

मस्तकमा भस्म धसिरहने

शरीरमा बाघाम्बर धरिरहने

मौनताको शुन्यमा डुबिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

समसानवासी प्रेतका देवता

सबैलाई भवसागर तार्नेवाला

कृपालु शिवजी प्यारा

गलामा वासुकी लट्काइरहने

रुदाक्ष अमृत पहिरीरहने

हिमालयमा विचरण गरिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

देवादीदेव ॐमकारका धरोहर

सबैको दुःख हरनेवाला

करुणाकर शिवजी प्यारा

नन्दिको सवारी गरिरहने

हातमा त्रिशुल धरीरहने

अधरबाट अमृत वर्षिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

धर्मीहरुलाई तार्ने तिमी

पापीहरुको दमन गर्नेवाला

दयालु शिवजी प्यारा

त्रिनेत्रमा ज्योति चम्किरहने

ब्रम्हाण्डको रीत चलाइरहने

पुण्यको अमृत वर्षाइरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

डमडम नटराज डमरुधारी, प्रभु तीनैलोकका त्रिपुरारी

                       लालीगुरांश  (सिर्जना भण्डारी) 

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...

जय शम्भो शिवशक्ति

हरहर महादेव भोलेशंकर

महारुद्राय स्वरूप भयङ्कर

जीवनजगतका प्रलयकारी

बमबम भोलेबाबा जटाधारी

प्रभु नटराज डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी नटराज भोलेभण्डारी

तिमी तीनैलोकका त्रिपुरारी ।

 

तिम्रो डमरुको डमडमले

कैलाशपर्वतमा तरंग गुञ्जियो

श्रावणमा तिम्रो आराधनामा 

सबै पाशुपतधाम सजियो

तिम्रा सहस्रनाम पुकारी

भक्त भयौं संस्कारी

आइ वास गरिदेउ

प्रभु भक्तको हृदयभरि

कालकाकाल तिमी अभयकारी

बमबम भोले निलकण्ठधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी ।

 

भक्तको पुकार सुनेर

गणपदको भयो सवारी

प्रभुको आगमनको उमंगले

जाग्यो जगत वारीपारी

विनति गर्दछौं प्रभु

तिम्रो चरणमा पर्दछौं

बमबम भोले कैलाशविहारी

आइ वास गरिदेउ

प्रभु भक्तको हृदयभरि

सबका प्यारा भोलेभण्डारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी ।

 

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...

जय शम्भो कैलासपति

हरहर  महादेव देवादीदेव

बमबम भोलेशंकर जटाधारी

नटराज भोलेप्रभु डमरुधारी

सनातन ॐकारका पालनहारी

तिमी तीनैलोकका त्रिपुरारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

जय शम्भो कैलासपति

हरहर महादेव देवादीदेव

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

सनातन ॐकारका पालनहारी 

सबका प्यारा भोलेभण्डारी

भोले प्रभु कैलाशविहारी 

कालकाकाल तिमी अभयकारी

जीवनजगतका प्रलयकारी

भोले प्रभु निलकण्ठधारी

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...