Sunday, 24 December 2023

म कृतज्ञ छु !

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी)


म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु यो सत्य ज्ञानकोलागि

म आल्हादित छु गुरु यो परम आनन्दकोलागि

म आभारी छु गुरु यो अपरा भक्तिकोलागि

जसमा म निर्गुण परमको परमानन्द नित्य पाइरहेछु

यो जीवनको हरक्षणमा सुख शान्तिको पल सजाइरहेछु ।


म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु यो सत्य ज्ञानकोलागि.....


म कृतज्ञ छु गुरु तिम्रो अद्भूत आगमनकोलागि

म नतमस्तक छु गुरु तिम्रो शाश्वत परमज्ञानकोलागि

म आल्हादित छु गुरु तिम्रो अमृत आशिर्वादकोलागि

म आभारी छु गुरु तिम्रो कोमल स्पर्सकोलागि

जसमा म भित्रका सकारात्मक गुणहरुको अनुभूति गरिरहेछु

यो जीवनको हरक्षणमा सफलताको उच्च शिखर चुमिरहेछु ।


म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु तिम्रो अद्भूत आगमनकोलागि.......


म कृतज्ञ छु गुरु यो अटुट एकताकोलागि

म नतमस्तक छु गुरु यो विराट अभियानकोलागि

म आल्हादित छु गुरु यो सह्रानिय प्राप्तिकोलागि
म आभारी छु गुरु यो दिगो परिवर्तनकोलागि

जसमा म सबैको सुखद भविश्यको सपना देखिरहेछु

यो जीवनको हरक्षणमा विश्वशान्तिको मधूर विगुल सुनिरहेछु 


म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु यो विराट अभियानकोलागि......

म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु यो सत्य ज्ञानकोलागि.......

म कृतज्ञ छु गुरु यो पवित्र प्रेमकोलागि

म नतमस्तक छु गुरु तिम्रो अद्भूत आगमनकोलागि.......