लालीगुरांश (सिर्जना भण्डारी)
प्रभुजी तिमी मेरो हृदय भित्रको धड्कन
तिमीलाई पाउन मैले साधना गरें पलपल
पाएपछि तिम्रो स्वर्गसरी अमृतमय यो साथ
पूर्ण भयो यो जीवन तिमी नै मेरो भगवान
फूले सारा फूलहरु जीवन भयो वागवान
प्रभुजी तिमी मेरो हृदय भित्रको धड्कन
तिमीलाई पाउन भनी साधना गरें पलपल
तिमीलाई पाउन भनी धेरै धाएं मठ-मन्दिर
हृदय मै रहेछौ तिमी प्रेम बनेर भयौ प्रकट
तिम्रो सुन्दर मुहार निहारीरहुँ लाग्छ हरदम
प्रभुजी तिमी मेरो हृदय भित्रको धड्कन
तिमीलाई पाउन भनी साधना गरें पलपल
तिम्रै चाहतमा डुबें धड्कन बन्यौ तिमी
दुई मुटु साथ हुँदा एकैप्राण बन्यौं हामी
दैवको कृपाले आत्मिय जोडी भयौं हामी
प्रभुजी तिमी मेरो हृदय भित्रको धड्कन
तिमीलाई पाउन भनी साधना गरें पलपल