Wednesday, 1 February 2023

तिम्रो आगमनको आल्हाद

                        लालीगुरांश  (सिर्जना भण्डारी

तिम्रो आगमनको शितल छायाँ पाएर 

आल्हादीत अनुभूति गर्न थालेकीछु 

तिम्रो प्रेम फुलिरहने वसन्त छाएर

 मनोरम हरियाली पाउन थालेकीछु

तिम्रो प्रेमल चालचलनहरु नियालेर

 आफैंलाई प्रेम गर्न थालेकीछु

तिम्रो प्रेमको मुलायम स्पर्श पाएर

 परिझैं आकाशमा उड्न थालेकीछु

तिम्रो चाहतले भरिएका उद्गारहरु सुनेर

 जीवनमा पूर्णता पाउन थालेकीछु

तिम्रो हँसिलो ज्योतिमय मुहार हेरेर

 आफूमै आनन्दित हुन थालेकीछु 

तिम्रो उत्साहप्रद दिव्य बाणीहरु सुनेर

 एक्लै आाफैंसंग वातमार्न थालेकीछु

तिम्रो आनन्दले प्रष्फुटीत हाँसो देखेर

 हाँसोमै सांगीतिक धून सुन्न थालेकीछु

तिम्रो मधूर मुस्कानका शुरहरु सुनेर

मुस्कानका शुरहरुमा नाच्न थालेकीछु

तिम्रो पहिरन  अद्वितिय सुन्दरता देखेर

 पनि आफूलाई सजाउन थालेकीछु

तिम्रो जीवन्त सुन्दर तस्वीरहरु हेरेर

 पनि तस्वीरहरुमा देखिन थालेकीछु

तिम्रो प्रेमप्रकटका मिठा भावहरु देखेर

 प्रेमको सागरमा डुबीरहन थालेकीछु

तिम्रो  माथि अडिएका नजरहरु हेरेर

 तिमीसंग नजर जुधाउन थालेकीछु

तिम्रो अटुट साथको निरन्तरता पाएर

आफैंले आफूलाई भेट्न थालेकीछु

तिम्रो आत्मासंगको भावी मिलन सोचेर

 त्यो क्षणको पर्खाइमा बस्न थालेकीछु

तिम्रो आत्मासंगको भावी मिलन सोचेर

 त्यो क्षणको पर्खाइमा बस्न थालेकीछु ।।