Tuesday, 3 May 2022

गुरुको महिमा


                  लालीगुरांश  (सिर्जना भण्डारी)

 

गुरु,  त्रिदेव- ब्रह्म, विष्णु, महेशको प्रारुप हो

यस धर्तीमा साक्षात परब्रह्मको स्वरुप हो

            कुनै लोभ तथा विभेद छैन उसमा

            परम ज्ञानीको आभूषणले विभूषित छ

            जसले, सबैलाई सतज्ञान दिलाउँछ

सबैलाई सतवचन सिकाउँछ

            , सबैलाई सतमार्ग देखाउँछ   

 

गुरु, परम ज्ञानको त्यो प्रकाश हो,

जसले अज्ञानताको अन्धकारलाई हटाउँछ   

गुरु, परम ज्ञानको त्यो अविरल श्रोत हो,

              जसले जीवन जगतको फरकलाई सम्झाउँछ   

गुरु, त्यो परम ज्योति हो,

              जसले जीवनको घोर अध्यारोमा प्रकाश छर्छ   

गुरु, त्यो शान्तिको दिप हो,

              जसले जीवनमा सुख आनन्दको किरण छर्छ    

गुरु, परम प्रेमको त्यस्तो प्रतिमूर्ति हो,

              जसले सबैप्रति निस्वार्थ प्रेम बाँड्न सिकाउँछ   

गुरु, परम दानको त्यस्तो खानी हो,

              जसले विना शर्त निरन्तर ज्ञान प्रदान गरिरहन्छ  

गुरु, परम सेवाको त्यस्तो पूजारी हो,

जसले सेवा नै परम धर्म भन्ने मूलमन्त्र सिकाइरहन्छ   

गुरु, एक निपूर्ण शिल्पकार हो,

              जसले सबै शिष्यहरुलाई सहि आकारमा ल्याउँदछ   

गुरु, त्यस्तो भाग्य विधाता हो,

              जसले शिष्यलाई चम्काउन स्वयंलाई मेटाउँछ   १०

गुरु, त्यस्तो मार्ग दर्शक हो,

              जसले जीवनमा भड्कीएकाहरुलाई सहि मार्ग देखाउँछ   ११

गुरु, त्यस्तो परम उर्जा हो,

              जसले जीवनमा थाकेकाहरुलाई प्राणउर्जा भरिदिन्छ   १२

गुरु, त्यस्तो संजीवनी बुटी हो,

              जसले जीवनका सारा रोग दुःख हरेर लान्छ   १३

 

अन्त्यमा,

गुरु, त्यस्तो परमज्ञानको महासागर हो

जसले ज्ञानको सागर निरन्तर बहाइरहन्छ

गुरु विना ज्ञान हुदैन,

गुरुको ज्ञान विना कोहि महान हुदैन ।।

                                               

                                                अस्तु