Saturday, 16 March 2013

टाढा हुँदा तिम्रो यादमा……

                          लालीगुरांश

हृदयभरी तिम्रो याद आउँदा, सानु
अरुबाट आँशु लुकाउँदै रुने गर्छु म ।

फोनमा तिम्रो मिसकल आउँदा, सानु
आँशु लुकाइ खुशी देखाउने बहाना खोज्छु म ।

तिमीसंग फोनमा कुरा गर्दा, सानु
संसारकै सुखी मान्छे झैं हाँस्ने गर्छु म ।

तिमीसंग कुरा गरीसकेपछि, सानु
भक्कानिएर छाती पिट्दै रुने गर्छु म ।

चाडवाड अनि विषेश दिनमा, सानु
तिम्रो फोटोमै तिमीसंग बात मार्ने गर्छु म ।

बिरामी भई ओछ्यानमा पसारीदा, सानु
फेरी भेट हुन्नकी भनी छटपटाउने गर्छु म ।

दिनहु जोखीमपुर्ण काममा जाँदा, सानु
तिम्रो मायाँको अनुभुति हृदयमा टाँस्ने गर्छु म ।

तिम्रो याद आउँदा, सानु
आँशु लुकाउँदै रुने गर्छु
एक्लै हुँदा संधै सानु
भक्कानिएर रुने गर्छु ।