Monday, 2 January 2012

प्रकृति सुन्दरता

                          लालीगुराँश

कलकल गर्दै झरना बग्छन् चट्टान फोरेर
मिल्छन् सागरमा फेरी नामेट डाम छोडेर ।

काला बादल अकाशमा मोतिका फूल झार्दैछन्
रिसाउँदै वतासले बाली बृक्ष पछार्दैछन् ।

घाम पानी पर्दा पर्दै झुल्कीयो पर इन्द्रेणी
बादलमा लुक्दै घाम खेल्न थाल्यो लुकामारी ।

कोइलीको मिठो बोली कुहुकुहु गुन्जीयो गीत
पुच्छर हल्लाइ नाच्दा यो रमाउँ हेरी त्यो नाच ।