Tuesday, 1 November 2011

चरी

                       लालीगुरांश
चराचुरुंगी चिर् चिर् गर्दछन्
चारो टिप्नलाई तल झर्दछन्
चारो चेपेर भुर्र उड्दछन्
शत्रु देखेछि टाढा भाग्दछन् ।

छेस्का बटुली गुण बुन्दछन्
गुण भित्र ती बास बस्दछन्
चिं चिं गर्दछन् चरा बचेरा
मुख च्यातेर खान माग्दछन् ।

घाम पानीमा मस्त खेल्दछन्
प्वाँख भिजाई न्वाउदै रम्दछन्
डाली डालीमा मस्त झुल्दछन्
फूल फूलको रस चुस्दछन् ।

आँखा छलेर चारो चोर्दछन्
कोही देखेछी फुत्त छलिन्छन्
छाक पुगेछी घर फिर्दछन्
बचेरालाई टन्न ख्वाउँदछन् ।

चिर् चिर् बोलेर बात मार्दछन्
पुच्छर हल्लाई मस्त नाच्दछन्
चुच्चो जोडाई चारो बाँड्दछन्
एकअर्कामा प्रीति साट्दछन् ।